आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

जाडोयाम सकियो, मौसम विज्ञान विभागले जारी गर्याे विशेष सुचना (सुचनासहित)

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार १४:५३ मा प्रकाशित (३ साल अघि) ६५२ पाठक संख्या

काठमाडौं । यो वर्षको जाडोयामा  सकिएको छ । हिजो  सोमबारदेसख प्रि–मनसुन शुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।
यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन\चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो”, उहाँले भन्नुभयो । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन ।
नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
प्रि-मनसुन मौसम बुलेटिन ( Pre–Monsoon Weather Bulletin )
( जारी मितिः २०७७/११/१७ बिहान ०७:००बजे )
यो वर्षको जाडोयाम ( Winter Season) आजबाट समाप्त भई आज (२०७७/११/१७, २०२१ मार्च १) बाट प्रि-मनसुन सिजन ( Pre-monsoon Season ) प्रारम्भ हुन लागेको जानकारी गराइन्छ। यो सिजनमा अपरान्ह र साँझ तिर मेघगर्जन / चट्याङ्गको सम्भावना रहनुको साथै हावाहुरी र असिना-पानीको सम्भावना पनि रहन्छ। यस्तो मौसममा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना-पानी बाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखा सबैमा अनुरोध गर्दछ।