आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्ण प्राथमिक अस्पतालमा २४ सै घण्टा आकस्मिक र प्रसुती सेवा सुरु

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार १४:०० मा प्रकाशित (३ साल अघि) १२७० पाठक संख्या

काठमाडौं फागुन १७ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्ण प्राथमिक अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा र प्रसुती सेवाको सुरुवात गरेको छ। २०७७ साल फागुन १६ गते देखि उक्त सेवा संचालनमा ल्याएको अस्पतालले जनाएको छ । विसं २०३२ मा स्थापना भएको स्वास्थ्य चौकीलाइ  २०७६ साल असारमा  गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्र विशेषज्ञ सेवा सहित १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको थियो ।

अस्पतालमा स्तरोन्नति भएपछि २४ सै घण्टा सेवा उपलब्ध गराउनुपर्ने भए पनि  बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र अस्पताल खुल्ने गरेकोमा  फागुन १६ गते बाट २४ सै घण्टा प्रस्तुति र इमर्जेन्सी सेवा सुचारु गरेको हो  । प्रदेश नं ३ सरकारको रु ५० लाख आर्थिक सहयोगमा गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य केन्द्रको स्तरोन्नति गरेको हो।