आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कोभिड बिरुद्दको खोप अभियानको लागि कागेश्वरी मनोहरा नगरपालिकाले २१ सदस्यीय नगरस्तरिय खोप समन्वय समिति गठन गर्यो

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार ०८:४० मा प्रकाशित (३ साल अघि) ७८८ पाठक संख्या

काठमाडौं, फागुन १६ ।  कागेश्वरी मनोहरा नगरपालिकाले फागुन २३ गते बाट दोस्रो  चरणमा ५५ बर्स भन्दा माथिका नागरिक र स्कुल तथा महाबिद्यालयका कर्मचारीहरु र चालकहरुलाइ  कोभिड बिरुद्दको खोप लगाउने भएको छ।  आज नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा  नर्लिंग रिसोर्टमा कोभिड १९ बिरुद्धको खोप अभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका स्तरिय खोप समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो  ।

साथै सो बैठकले यहि फागुन २३ बाट संचालन हुने कोरोना बिरुद्दको दोस्रो चरण को खोप संचालन को लागि २१ सदस्यीय नगरस्तरिय खोप समन्वय समिति गठन गरेको  छ। फागुन  २३ गते बाट कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ को  आलापोट स्वास्थ्यचौकी र कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६  मुलपानी नगर अस्पताल बाट उक्त खोप लगाइने व्यवस्था मिलाइएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए    ।

पहिलो  चरणमा स्वैच्छिक रूपमा जोखिममा रहेका पेसा र व्यवसायका मानिस तथा भिडभाडमा काम गर्ने कर्मचारीदेखि स्थानीय तहका पदाधिकारीलाई खोप दिइएको थियो।