आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

तेस्रो लाक्पा स्मृति कप फुटसल प्रतियोगिता सम्पन्न

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार ०८:३१ मा प्रकाशित (३ साल अघि) ४१० पाठक संख्या

काठमाडौं /दक्षिणढोका उत्थान  युवा क्लब द्वारा आयोजित तेस्रो लाक्पा स्मृति कप फुटसल प्रतियोगिता २०७७  सम्पन्न  भएको छ। शनिबार गोकर्णेश्वर नगरपालिका ७ को आर्थिक सहयोगमा  मनकामना  फुटसलमा भएको सो प्रतियोगिताको उपाधि हरिसिद्धि फुटसलले जितेको छ।

 आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ७ मनकामना फुटसलमा भएको एक दिने सो प्रतियोगितामा कुल  २८ ओटा टिमको सहभागिता रहेको थियो।  गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल र गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङले संयुक्त रुपमा उदघाटन गरेको सो प्रतियोगिताको उपाधि हरिसिद्धि फुटसलले जितेको छ। फाइनलमा हरिसिद्धि फुटसलले आयोजक  दक्षिणढोका उत्थान  युवा क्लब ए लाइ ३-० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जनाएको हो।

जित संगै हरिसिद्धि फुटसलले नगद रु ५० हजारको साथै ट्रफी मेडल र प्रामाण पत्र प्राप्त गरेको छ भने उप बिजेता दक्षिणढोका उत्थान  युवा क्लब ए ले नगद रु २५ हजार संगै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसै गरि प्रतियोगितामा उत्कृष्ट गोलरक्षक दक्षिणढोका उत्थान  युवा क्लब एका सन्जिब  लामा घोषित भए भने उत्कृष्ट खेलाडीको रुपमा हरिसिद्धि फुटसलका  कप्तान सन्दिप कार्की घोसित भए उत्कृष्ट खेलाडीहरुलाई नगद रु ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो। बिजयी खेलाडीहरुलाई गोकर्णेश्वर खेलकुद समितिका अध्यक्ष संजय लामाले पुरस्कार वितरण गरेका थिए ।