आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

रुसद्वारा भू–उपग्रह प्रक्षेपण, आर्कटिक महासागरको जलवायुमा निगरानी

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार ०८:१३ मा प्रकाशित (३ साल अघि) ४४९ पाठक संख्या

एजेन्सी । आर्कटिक महासागरको जलवायु र पर्यावरणमाथि निगरानी गर्नरुसले भू–उपग्रह प्रक्षेपण गरेको छ ।
रुसले आइतबार ‘आर्कटिका–एम’ नामक भू–उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो ।
रुसी स्पेस एजेन्सी रोसकोसमोसका प्रमुख दिमित्री रोगोजिनले बताए अनुसार काजाकास्तानको बेकोनोर कोस्मोड्रोम क्षेत्रबाट सोयुज रकेटबाट भू–उपग्रहलाई सफलतापूर्वक निर्धारित कक्षमा पुर्याइएको छ ।
कक्षमा पुगेको भू–उपग्रह आर्कटिक महासागर र पृथ्वीको सतहमा निगरानी गर्न सक्षम हुने रागोजिनले बताए ।
यो भू–उपग्रहले १५ देखि ३० मिनेटमा आर्कटिक महासागरको फोटो पठाउने छ । सन २०२३ मा पनि रुसले अर्को भू–उपग्रह पठाउने छ ।
दुवै भू–उपग्रहले चौबिसै घण्टा आर्कटिक महासागर र पृथ्वीको सतहमा हुने हलचलको निरीक्षण गर्ने स्काई न्युजले जनाएको छ ।
पछिल्ला तीन दशक आर्कटिक महासागरको तापक्रम विश्वब्यापी औसत दरभन्दा दोब्बर बृद्धि भैरहेको छ ।
रुसले उर्जामा अझै समृद्धि हाँसिल गर्नका लागि हिउँ पग्लिरहेको उत्तरी समुन्द्री मार्गमा लगानी बढाइरहेको छ ।