आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

टोटनहमको फराकिलो जित

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार ०७:५६ मा प्रकाशित (३ साल अघि) ४४१ पाठक संख्या
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा टोटेनहमले बर्नलीलाई ४-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ग्यारेथ बेलले दुई, ह्यारी केन र लुकास मौराले एक एक गोल गरे ।
जितसँगै टोटेनहमले २५ खेलमा ३९ अंक जोड्दै ८औँ स्थानमा उक्लिएको छ । पराजित बर्नली २८ अंकसहित खेलको १५औँ स्थानमा छ ।