आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

योगेश भट्टराई सवार गाडीको ठक्करबाट साइकलयात्री घाइते,घाइतेलाई नेता भट्टराईले आफैं लगे अस्पताल

गोकर्णेश्वर खबर१७ फाल्गुन २०७७, सोमबार ००:०९ मा प्रकाशित (४ साल अघि) ५२३ पाठक संख्या

काठमाडौं  -नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराई सवारी गाडीले एकजना साइकल यात्रीलाई ठक्कर दिएको छ।

आइतवार जनकपुरमा प्रेस संगठनको कार्यक्रम सकेर रौतहटतर्फ आइरहेका उनी सवार सवार ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा करिब ६० वर्षीय इन्द्र प्रसाद घिमिरे घाइते भएका हुन्।

रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व-पश्चिम राजमार्गमा नेकपा दाहाल-नेपाल समूहका नेता समेत रहेका पूर्वमन्त्री भट्टराई सवार गाडीले घिमिरेलाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते घिमिरेको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

आफू सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिएपछि घाइते भएका घिमिरेलाई लिएर नेता भट्टराई आफैँ चन्द्रनिगाहपुरस्थित सिभिल अस्पताल पुगेका थिए।