आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

मलेसियामा अनलाइनबाटै दूतावासमा गुनासो टिपाउन सकिने

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २३:२१ मा प्रकाशित (३ साल अघि) ४६० पाठक संख्या

क्वालालम्पुर– कोरोना लगायत विभिन्न कारणले समस्यामा परेका नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै त्यहाँस्थित नेपाली दूतावासले अबदेखि अनलाइनबाटै दूतावासमा आफ्नो समस्या र गुनासो टिपाउन सकिने व्यवस्था गरेको छ ।
दूतावासको वेबसाइटमा गएर श्रमिक गुनासो भन्ने फाइलमा गइ गुनासो राख्न सकिने जनाएको छ । श्रमिकले आफ्नो नाम र पासपोर्ट नम्बर, आफ्नो सम्पर्क नम्बर, रोजगारदाता कम्पनीको नाम राखेसँगै आफूलाई आईपरेको समस्या उल्लेख गर्न दूतावासले अनुरोध गरेको छ ।
गुनासो राखेपछि दूतावासले गुनासो राख्ने सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी समस्याको समाधान गर्ने दूतावासले जनाएको छ । यस्तै दूतावासले उपलब्ध गराएको इमेल आईडीमार्फत पनि आफ्ना समस्या वा गुनासो राख्न सकिनेछ ।
यसका लागि दूतावासको इमेल [email protected] र [email protected] मार्फत पनि आफ्ना गुनासा राख्न सकिने दूतावासले जनाएको छ ।