आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाएर देखाउनुहोस्: प्रधानमन्त्री ओली

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २०:४६ मा प्रकाशित (३ साल अघि) ६१९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन् । उनले आफू फेरि दुई तिहाई लिएर आउने दाबी समेत गरे ।

‘ओलीलाई हटाएर देखाउनुहोस्, अविश्वासको प्रस्ताव ल्याउनुहोस् र हटाउनुहोस्,’ आज झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘हटाउन सक्नुभएछ भने पनि दुई तिहाई लिएर आउँछु ।’

ओलीले लोकतन्त्रलाई तलमाथि हुन नदिइने बताए । तर, संविधान परिमार्जन हुनसक्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावना विपरितको काम हुँदैन ।’ ओलीले ५० वर्ष अघि आजकै दिन जेल परेको स्मरण गरे ।