आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

रिडिष्ट्रिकको समसामायिक बिषयमा अन्तरक्रिया तथा इन्टरनेसनल डाइरेक्टर इन्डोर्सी लायन सुनिल भक्त श्रेष्ठ संगको भेटघाट कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार १६:५४ मा प्रकाशित (३ साल अघि) ६३५ पाठक संख्या

काठमाडौँ, फागुन १६। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ लालीगुराँसको आयोजनामा रिडिष्ट्रिकको समसामायिक बिषयमा अन्तरक्रिया तथा इन्टरनेसनल  बोर्ड अफ डाइरेक्टर इन्डोर्सी  उम्मेदवार पास्ट मल्टीपल काउन्सिल चियर पर्सन पी एम जे एफ सेकेन्ड सेन्चुरी एम्बसडर टिटानियम एम जे एफ लायन सुनिल भक्त श्रेष्ठ संगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार बौद्ध स्थित कुशल ब्यन्केटमा आयोजना  गरिएको उक्त कार्यक्रममा हालको डिस्ट्रिक ३२५ ए१ ४ वटा डिस्ट्रिकमा विकास गरिनु पर्छ  र सोको लागि पूर्ण रुपमा सबै दृष्टिकोण बाट सक्षम भएको अवस्था रहेको हुँदा लायन्स सदस्यहरुले बढी भन्दा बढी  अवसर  प्राप्त गर्नेसक्ने भएको कारणले ४ डिस्ट्रिकका साथै काठमाडौं र मध्य भागमा २ डिस्ट्रिकका लागि हस्ताक्षर  संकलन  समेत गरिएको थियो।

उक्त कार्यक्रममा पुर्व डिस्ट्रिक क्याबिनेट सेक्रेटरी लायन धन प्रसाद लामिछानेले कुनै पनि एउटा डिस्ट्रिक दुइ वा दुइ भन्दा बढी संख्यामा विभाजन हुन चाहेमा कमसेकम ३५ भन्दा बढी क्लब र १२५० भन्दा बढी सदस्यहरु लिएर अलग्गै सर्वाधिकार सम्पन्न डिस्ट्रिक बनाउन सकिने जानकारी गराएका थिए। उनले ऊक्त व्यवस्था इन्टरनेसनल बाइ लज आर्टिकल बि सेक्सन ३ रि डिस्ट्रिकिंग  मा गरिएको भन्दै सोको मल्टिपल डिस्ट्रिकको बिधानमा  समेत स्पष्ट  व्यवस्था  भएको जानकारी गराएका थिए।

 उनले क्लबहरुको इच्छाअनुसार स्वतन्त्ररुपमा उक्त बिधानको अधिनमा रहेर डिस्ट्रिक तथा मल्टिपल कन्भेन्सनमा हरेक क्लबले भोट गरेर बहुमत द्वारा निर्णय गर्न सकिने व्यवस्था रहेको जानकारी गराएका थिए उनले ठुलो आकारको डिस्ट्रिक बाट हुने फाइदाहरु ,बेफाइदाहरु त्यसै गरि  सानो आकारको डिस्ट्रिक बाट हुने बेफाइदा र फाइदाको बारेमा समेत जानकारी गराएका थिए । उनले कुन कुन क्षेत्रलाई कसरि विभाजन गर्ने भन्ने कुरा बन्द कोठाका साँठगाँठ गरेर तय गरिनु नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर क्लब क्लबको भावना बुझ्नुपर्ने बताए।

 त्यसै गरि उनले सिमित ब्यक्तिहरुको राय सल्लाह मात्रले गरेको निर्णय अनुत्पादक हुने भन्दै पूर्वको मेची अन्चलले के भन्छ ? काठमाडौं र मध्ये भाग के चाहान्छ ? यो क्लब संगको बिना दबाब छलफल हुनुपर्नेमा त्यसो नभईरहेको जानकारी गराएका थिए उनले काठमाडौं;लाइ कसरि व्यवस्थापन गर्ने  तमाम प्रश्नमा छलफल गर्न, जना भावना बुझ्न अत्यावश्यक रहेको बताएका थिए अहिले केहि नेतृत्वले गरेको निर्णय डिस्ट्रिक र लायन्स सिद्धान्त बिपरित भएको बताएका थिए ।उनले  पुर्वालाई दुईवटा  बनाउने निर्णय क्लबको भावना बिपरित रहेको क्याबिनेटको रायलाई समेत कुल्चिएको बताउदै सो निर्णय देश डिष्ट्रिकको हित बिपरितमा रहेको बताएका थिए।

कार्यक्रम पी एम सि सि लायन दिनेश पौडेल पी एम सी सी लायन विश्वराम गोर्खाली पीडीजी लायन  उत्तम कायस्थ जी एल टि मल्टिपल  कोर्डिनेटर पिडिजी लायन शम्भु घिमिरे,   पिडिजी लायन रुद्रहरी ज्ञवाली  लगायत लायन्स लिडरहरुले रिडिष्ट्रिक तथा इन्टरनेसनल  बोर्ड अफ डाइरेक्टर इन्डोर्सी  उम्मेदवार पास्ट मल्टीपल काउन्सिल चियर पर्सन पी एम जे एफ सेकेन्ड सेन्चुरी एम्बसडर टिटानियम एम जे एफ लायन सुनिल भक्त श्रेष्ठलाइ शुभकामना प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै लायन किशोर भट्टराईले  पद र पिनको लोभमा परेर कसैले केहि नबोल्ने , केहि बोले फेरि पद नपाउला भन्ने डर, पिन पनि नदेलान भनेर बोल्न डराइरहेको बताएका थिए उनले निस्वार्थ रुपमा समाजसेवा गर्न , किन चाहियो पद ? के हुन्छ पद लिएर ? के हुन्छ पिन लगाएर ? कमसेकम अन्यायको विरुद्ध त बोल्नको लागि  अनुरोध गरेका थिए  ।कार्यक्रममा सहभागी  लायन्स सदस्यहरुले रिडिस्ट्रिक लगायतको  बारेमा बिभिन्न जिज्ञासा समेत राखेका थिए  ।

कार्यक्रममा बोल्दै इन्टरनेसनल  बोर्ड अफ डाइरेक्टर इन्डोर्सी  पास्ट मल्टीपल काउन्सिल चियर पर्सन पी एम जे एफ सेकेन्ड सेन्चुरी एम्बसडर टिटानियम एम जे एफ लायन सुनिल भक्त श्रेष्ठले  उपस्थित सबैलाई धन्यबाद दिदै लायानिजमको यात्रमा अगाडी बढाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै सो यात्रामा अघि बढ्दा सबैको छलफल गर्दा  यो वर्षको इन्टरनेसनल डाइरेक्टरको इन्डोर्सी हुनलाई गरेको अनुरोधलाइ स्वीकार गरेको बताए।  उनले आफ्नो सो पदको प्रचारप्रसार भन्दा पनि रि डिस्ट्रिकको मुद्दालाइ  बढी महत्व दिदै प्लायाटफर्म दिएको बताएका थिए।  उनले आफुलाई इन्टरनेसनल  बोर्ड अफ डाइरेक्टर इन्डोर्सीको रुपमा सम्पूर्ण लायन्स सदस्यहरुले साथ दिने बिश्वास ब्यक्त गरेका थिए । उनले सहभागी लायन्स सदस्यहरुले रिडिष्ट्रिकको बारेमा राखेका जिज्ञासा समेत मेटाएका थिए

  • कपन अनलाइन