आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

स्वर्गीय गजेन्द्र कुमार लामाको स्मृतिमा फुटबल प्रतियोगिता हुने

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार १४:०८ मा प्रकाशित (३ साल अघि) ६३१ पाठक संख्या

१६ फागुन, काठमाडौं । समाजसेवी तथा नेपालि कांग्रेसका महासमिति सदस्य स्वर्गीय गजेन्द्र कुमार लामा (आले मामा) को स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको छ । चैत १३ गते वार्षिक पुण्य तिथी पारेर नेपाली कांग्रेस बौद्ध इकाई समितिले आले मामाको स्मृतिमा फुटबल प्रतियोगिता गर्ने भएको हो ।

शनिबार नेपाली कांग्रेस बौद्ध इकाई समितिले फुटबल प्रतियोगिताको सम्वन्धमा काठमाडौं क्षेत्र नं. ३ तथा क्षेत्रका इकाई सभापतिसँग गरेको छलफलमा स्वर्गीय गजेन्द्र कुमार लामा (आले मामा) को स्मृतिमा फुटबल खेल आयोजना गर्ने सम्वन्धमा छलफल आयोजना गरेको थियो ।

छलफलमा नेपाली कांग्रेस बौद्ध इकाई सभापति भुवन लामाले समाजसेवी तथा महासमिति सदस्य स्वर्गीय गजेन्द्र कुमार लामा (आले मामा) ले सामाजिक विकास तथा काठमाडौं क्षेत्र नं. ३ मा पु¥याउनु भएको राजनीतिक योगदानको कदर गर्दै फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताउनु भयो । उहाँले यस प्रतियोगिताको मुख्य उदेश्य यस क्षेत्रका जनताको मन मष्तिष्कमा रहनु भएका अग्रज राजनीतिक व्यक्तित्व आले मामा प्रति सम्मान गर्दै क्षेत्र नं. ३ का नेपाली कांग्रेसका क्रियाशिलहरुको वीचमा सद्भाव बढाउने रहेको बताउनु भयो ।

छलफलमा नेपाली कांग्रेसका क्षेत्र नं. ३ का सचिव तथा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् युवा नेता विमल ठकुरी, काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, क्षेत्रीय कोषाध्यक्ष किरण के.सी., क्षेत्रीय सदस्य मुरारी भण्डारी, क्षेत्र नं. ३ प्रदेश (क) सभापति सत्यभामा श्रेष्ठ, प्रदेश (ख) सभापति श्रीकृष्ण थापा, गोकर्णेश्वर नगर सचिव प्रदीप थापा, बौद्ध इकाईका पूर्व सभापति दिवाकर न्यौपाने, त्रि.वि.युनियन अध्यक्ष भोला बुढाथोकी, युवा नेता लाल बहादुर लामा, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का सभापति बुद्धिमान तामाङ, नयाँपाटि इकाई सभापति प्रेम श्रेष्ठ, गोकर्णेश्वर महिला संघ सभापति लेख कुमारी पुडासैनी, नेपाल महिला संघ बौद्धका सभापति जानुका भण्डारी, महाधिवेशन प्रतिनिधि दुर्गा बराल लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो । समाजसेवी, विकासप्रेमी, मृदुभाषि, सहयोगी, मिलनसार व्यक्तित्वका धनि गजेन्द्र कुमार लामा (आले मामा) को २०७६ साल चैत १३ गते देहान्त भएको थियो ।