आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

युवा नेता विमल ठकुरीबाटआलापोट स्थित श्री नाथेश्वरी आधारभुत विद्यालयमा पोशाक वितरण

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार १३:३० मा प्रकाशित (३ साल अघि) १०२९ पाठक संख्या

१६ फागुन, काठमाडौं । कागेश्वरी मनोहरा वडा नं. २ आलापोटमा रहेको श्री नाथेश्वरी आधारभुत विद्यालयमा पोशाक वितरण गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य एवम् युवा नेता विमल ठकुरीको सहयोग तथा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाको पहलमा ५० सेट पोशाक वितरण गरिएको हो ।

सुक्रबार विद्यालयमा आयोजित कार्यक्रमका विद्यार्थीहरुलाई प्रमुख अतिथी युवा नेता विमल ठकुरी, विशेष अतिथी मनोज ढुंगाना, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का अध्यक्ष सुदर्शन धिमालले बालबालिकाहरुलाई पोशाक वितरण गर्नु भएको थियो । प्रमुख अतिथी एवम् युवा नेता विमल ठकुरीले काठमाडौं जिल्लामा नै विद्यार्थीहरुको अवस्था कमजोर भएकोले विद्यालय पोशाक नलगाई विद्यालय जाने गरेका सुने पछि पोशाक वितरण गरिएको बताउनु भयो । ठकुरीले बच्चाहरुको उज्वल भविष्यको लागि आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले भविष्यका कर्णधार विद्यार्थीहरुलाई यस्ता पोशाक वितरण जस्ता कार्यले अध्ययनमा हौसला मिल्ने विश्वास व्यक्त गर्नु भयो । समाज विकासका लागि सबै वर्ग क्षेत्रको विकास आवश्यक भएकोले आगामी दिनमा पनि मानवीय सेवाका कार्यहरु गरिरहने बताउनु भयो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ का अध्यक्ष सुदर्शन धिमालले कमजोर आर्थिक अवस्था भएका विद्यालयहरुका लागि धेरै किसिमका सहयोगको आवश्यकता भए पनि वडामा पर्याप्त स्रोत साधनको अभाव रहेको बताउनु भयो ।

 

विद्यालयका प्रध्यानाध्यापक रामभक्त खड्काले विद्यालयको आर्थिक अवस्था एकदमै कमजोर भएकोले सहयोगका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजसेवी नवराज अधिकारी, समाजसेवी जितेन्द्र नगरकोटी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तलाल नगरकोटी लगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।