आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अष्ट्रेलियामा गुगल र फेसबुकले समाचार राखे वापत पैसा दिनुपर्ने कानुन पारित

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार ०८:२९ मा प्रकाशित (३ साल अघि) ३७९ पाठक संख्या

काठमाडौं, फागनु १३ गते । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नुपर्ने कानुन पारित गरेको छ । यस्तो कानुन परित गर्ने अष्ट्रेलिया विश्वमा पहिलो देश भएको छ । सो कानुनको अमेरिकी प्रविधिसम्बन्धी ठूला कम्पनीले विरोध गरेका छन् ।
गतहप्ता फेसबुकले सबै समाचार सामग्रीहरुमाथि रोक लगाएको थियो र यस हप्ता उसले सरकारसँगको छलफलपछि सो निर्णयलाई उल्टाएको थियो ।
सो छलफलपछि उक्त नयाँ कानुनमा केही सुधार गरी फेसबुक र गुगललाई बाध्य नबनाउने खालका प्रावधान राखिएको छ । तर पनि दुबै कम्पनीले अस्ट्रेलियाका ठूला प्रकाशकहरूलाई सो कानुनको दायरा बाहिरबाटै ठूलै मात्रामा रकम दिन प्रतिबद्ध भएका छन् । यस किसिमको समझदारीलाई गुगल र फेसबुकले सम्झौता गरेको रुपमा हेरिएको छ ।