आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रधानमन्त्री केपी ओली आज गृहजिल्ला झापा जाँदै

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार ०८:१२ मा प्रकाशित (३ साल अघि) ३८८ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार विभिन्न विकास आयोजनाहरू शिलान्यास गर्नका लागि प्रधानमन्त्री ओली झापा जान लागेका हुन ।
प्रधानमन्त्री आज बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम रहेको छ ।
सरकार बने यता ठूलो मात्रामा झापामा बजेट परिचालन गरिएको छ ।
प्रधानमन्त्रीले विकास बजेट एकोहोर्‍याएको भन्दै आलोचना पनि भइरहेको छ । यद्यपि, प्रधानमन्त्रीले झापालाई ग्राह्यता दिंदै आएका छन् ।