आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

मलेसियामा नवलपरासीका एक युवकको सुतेकै अवस्थामा मृत्यु

गोकर्णेश्वर खबर१५ फाल्गुन २०७७, शनिबार २१:२७ मा प्रकाशित (३ साल अघि) ४७७ पाठक संख्या

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ ।

करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको आज सुतेकै अवस्था मृत्यु भएको हो।

उनलाई क्षयरोगको समस्या रहेको बताइएको छ ।

टप ग्लोभमै कार्यरत एक नेपाली कामदारले नेपाली मजदुर एकता समाज मलेसियालाई उक्त घटनाबारे जानकारी गराएको मजदुर समाजले जानकारी दिएको छ ।

मृतकको बारेमा अन्य आवश्यक विवरण प्राप्त हुन बाँकी रहेको छ ।

आज र भोलि मलेसियास्थित नेपाली राजदुतावास समेत बन्द रहने भएका कारण यस बारेमा दूतावासलाई पनि आधिकारिक रूपमा जानकारी गराउन नसकिएको मजदुर समाज मलेसियाका अध्यक्ष रामप्रसाद सुबेदीले जानकारी गराएका छन् ।