आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

मिस तामाङ २०२१ को ट्यालेन्ट शो सम्पन्न

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७७, शुक्रबार २३:०० मा प्रकाशित (३ साल अघि) ५७३ पाठक संख्या

१४ फागुन, काठमाडौं । एभरेष्ट फेसन होमद्वारा आयोजित मिस तामाङ २०२१ को ट्यालेन्ट शो सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौं नयाँ बानेश्वरमा रहेको हिमालयन रिमठिम क्याफेमा आयोजित सौन्दर्य प्रतियोगितामा सहभागीहरुले आ–आफ्ना कला, नृत्य, अभिनय, कविता, गायन र भाषण कला प्रस्तुत गरेका थिए । प्रतियोगितामा सहभागी भएकालाई व्यक्तित्व विकासका विभिन्न विधाहरुमा तालिम दिइरहेको होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिनु भयो । तालिम अवधिमा तामाङ भाषा–संस्कृति, व्यक्तित्व विकास, तामाङ जातिको ऐतिहासिकता, श्रृंगार, भ्रमण, फोटो सुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास विकास, सवाल जवाफ, क्याटवाक जस्ता विधाहरुमा तालिम दिइएको होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले बताउनु भयो ।

आज सम्पन्न ट्यालेन्ट शोको निर्णायक मण्डलमा निर्देशक एवं नायक अमिर दोङ, मिस तामाङ २०१७ का फस्ट रनरअप एवं मोडल नवाङ मोक्तान, तामाङ चलचित्र म्हेन्दोमायाका गायक एवं नायक राज किङ वाइबा, मोडल अनिता गोले र २०१६ का फष्ट रनर अप रञ्जिता गोले रहेका थिए ।

एभरेष्ट फेसन होमद्वारा आयोजित १३ औं संस्करणको मिस तामाङ प्रतियोगितामा आज २४ जनाले आफ्नो कला प्रदर्शन गरेका थिए । आज आफना कला प्रदर्शन गर्नेहरुमा रञ्जिता वाईबा, सुजाता तामाङ, प्रमिला घिसिङ, सफलता तामाङ, कुसुम तामाङ, सुनिता तामाङ, सफिला तामाङ, सञ्जिला तामाङ, पेमा पाख्रिन तामाङ, संगीता दोङ तामाङ, विपाशा तामाङ, स्मृति थिङ तामाङ, निशा घिसिङ, रोश्नी तामाङ, सुष्मा घिसिङ, सुनिमा तामाङ, रीमा तामाङ, शर्मिला घिसिङ, वर्षा पाख्रिन, सोनिया वाईबा, प्रतिभा तामाङ, सिसम लामा तामाङ, अम्बिका तामाङ रहेका छन् ।