आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, ओलीद्वारा भट्टराईलाई नियुक्त

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७७, शुक्रबार १७:२१ मा प्रकाशित (३ साल अघि) १६८ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी खोटाङबाट निर्वाचित भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।
भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् ।
खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियूको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियू सभापति निर्वाचित भएका थिए ।
विधानअनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गर्ने व्यवस्था नेकपामा छ ।
पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत्रुपमा नेकपाको संसदीय दल एउटै रहेको छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।