आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

राजदूतद्वयद्वारा पद तथा गोपनीयताको शपथ

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७७, शुक्रबार ०७:५८ मा प्रकाशित (३ साल अघि) ४५२ पाठक संख्या

काठमाडौँ, फागुन १३गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।