आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

केकीको ठट्टा: बिहे अगाडि नाक छेडियो,खै अहिले नै बिहे हुँदैन भन्ने संकेत हो कि के हो ?

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार २२:५८ मा प्रकाशित (३ साल अघि) ४०० पाठक संख्या

काठमाडौं – नायिका केकी अधिकारीले आफूले बिहेको दबाब पार गरिसकेको बताएकी छिन् । चलचित्र ‘बोक्सीको घर’को छायांकनमा व्यस्त रहेकी केकीले भनिन्–‘बिहेको दबाब त मैले पार गरिसकेकी छु । बिहेको अगाडि नाक छेड्नुपर्छ भनेर छेडेकी छु । तर, यसले अहिले हैरान बनायो । खै, अहिले नै बिहे हुँदैन भन्ने संकेत हो कि के हो ?’

नायिका अधिकारीको नाम केही समयदेखि गायक आर्जन पाण्डेसँग जोडिएको छ । तर, केकी र आर्जनले यो बिषयमा केही पनि बताएका छैनन् । चलचित्र ‘बोक्सीको घर’को निर्देशनबाट सुव्रतराज आचार्यले हात झिकेको बिषयमा केकीले भनिन्–‘उहाँले चलचित्र के घर के डेराको छायांकन सुरु गर्ने बताउनुभयो । बोक्सीको घर र के घर के डेराको छायांकन समय जुध्ने भएपछि सहमतीमै उहाँ निस्किनु भएको हो ।’

‘कमेडी च्याम्पियन’की निर्मात्री समेत रहेकी केकीले आफूलाई पहिलो सिजनमा आर्थिक समस्या निकै परेको बताइन् । तर, यसपटक भने आर्थिक समस्याबाट पार भएकाले पनि केही हलुका भएको उनको तर्क थियो ।

कमेडी शोको निर्मात्री भएपछि आफूमा सेन्स अफ ह्यूमर कत्तीको बढ्यो भन्ने प्रश्नमा केकीले भनिन्–‘मैले त्यो पाटोतिर हेर्नै पाएकी छैन । पहिलो सिजनमा त मलाई अर्थको नै समस्या थियो ।’