आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मनोहरा जेसिजको लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार २२:२५ मा प्रकाशित (३ साल अघि) ५१५ पाठक संख्या

काठमाडौं, फागुन १३। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा  लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम  सम्पन्न भएको छ ।मनोहरा जेसिजको आयोजनामा  आज बिहिबार बिहान ११ बजे देखि  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली स्थित मिनी ल्याण्ड इंगलिस हाइ स्कुलमा लागुपदार्थ दुर्व्यसनी बिरुद्द कार्यक्रममा प्रशिक्षक जेसी उमेश भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए।

लागू औषधका प्रकार र लागू औषधको सेवनले मानव शरिरमा हुने असर, र यसको बेचबिखन तथा औसार पसार गर्दा हुने कानुनी कारवाही सम्बन्धमा श्रव्य दृश्य सहित सहजीकरण गरिएको थियो ।

 जेसी पल बज्राचार्यको संयोजकत्वमा भएको कार्यक्रममा करिब सय जना बिद्यार्थीहरुलाई लागूऔषधका असर, प्रकार बारे जानकारी गराउनुको साथै बालबालिकालाई लागूऔषध दुव्र्यसनीसम्बन्धी जानकारी, त्यसको असर र बच्ने  उपायका  बारेमा प्रष्ट पारिएको थियो भने त्यस्तै लागूऔषधी दुव्र्यसनीमुक्त समाज बनाउन अभिभावक र शिक्षकले पूरा गर्नुपर्ने दायित्वका विषयमा पनि विशेष जोड दिइएको थियो ।

समाजमा बढ्दै गएको दुव्र्यसनी र त्यसले पारेको असरका विषयमा विद्यालयस्तरबाट  सचेतना दिने उदेश्य सहित मनोहरा जेसिजले कार्यक्रम आयोजना गरेको मनोहरा जेसिज वर्ष २०२१का अध्यक्ष सगर रोक्काले  जानकारी गराए ।विद्यार्थीबाट समाजमा छिटो सचेतना फैलिने भएकाले उनीहरुलाई  लक्षित गरि कार्यक्रम गरिएको पनि उनले बताए ।

कपन अनलाइन