आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेकपा आधिकारिताको फैसला २० फागुनमा

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार २२:२१ मा प्रकाशित (३ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही २० फागुनमा दिने भएको छ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहीबार नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो। अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच ३ जेठ २०७५ मा एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएकाविरुद्ध रिट निवेदन दायर गरेका थिए।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उति वेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो। हाल ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका वेला यो मुद्धाको फैसलाले महत्व राख्नेछ। आयोगको उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले ११ मंसीर २०७५ मा रिट दायर गरेका थिए।