आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

विनयजंग बस्नेतको मोबाइलमा सपनाका गोप्य तस्बिर भेटिए,बस्नेतविरुद्ध साइबर अपराधको मुद्दा

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार २१:४५ मा प्रकाशित (३ साल अघि) ५२७ पाठक संख्या

काठमाडौं – विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ । सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको हो ।

‘बिहीबार बस्नेतविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि पाँच दिन म्याद थप गरिएको बताइएको छ ।

बस्नेतको मोबाइलमा सपनाका केही गोप्य तस्बिर भेटिएको र त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।