आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

तेश्रो चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल खेल तालिका सार्वजनिक

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार २०:४० मा प्रकाशित (३ साल अघि) ७२३ पाठक संख्या

१३ फागुन, काठमाडौं । तेश्रो चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ ।

 

खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताका संयोजक संगम श्रेष्ठले प्रतियोगिताले विद्यार्थीहरुको व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

छहारी युबा क्लबका सचिव बुद्ध श्रेष्ठले खेलाडी विद्यार्थीहरुको पढाईमा असर नपुग्ने गरी विहान, बेलुका गरी खेल खेलाईने जानकारी दिए ।

फागुन १५ गतेबाट गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको नेपालय इङलिस पब्लिक स्कुलमा शुरु हुने प्रतियोगितामा विभिन्न विद्यालयका २४ टिमले भाग लिएका छन् ।