आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको सहज जित

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७७, बिहीबार ०७:४९ मा प्रकाशित (३ साल अघि) ५१७ पाठक संख्या

एजेन्सी- इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ ।
बुधबार राति भएको लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० गोलले पराजित गरेको हो ।
हंगेरीको पुस्कास एरिनामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ग्राबियल जिससले एक एक गोल गरे ।
सिटी र मन्छेनग्लाडबाखबीचको दोस्रो लेग मार्च १६ मा सिटीको मैदानमा हुनेछ ।