आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

शंखरापूर-१ स्थित श्री चाँपावोट माविले आफ्नो ४० औं वार्षीक उत्सव मनाउँदै,खबपुसहितका कलाकारको प्रस्तुती रहने

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार २२:४८ मा प्रकाशित (३ साल अघि) १९२१ पाठक संख्या

काठमाडौं -शंखरापूर नगरपालिका-१ स्थित श्री चाँपावोट माध्यमिक विद्यालयले आफ्नो ४० औंं वार्षीक उत्सव मनाउँने भएको छ । विद्यालयले आफ्नो ४० औं वार्षीक उत्सव फागुन १४ गते मनाउँन लागेको हो ।

विद्यालयकै इतिहासमा पहिलो पटक ‘अङ्कुर’ नामको स्मारिका समेत बिमोचन गर्न लागिएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष पूर्णमान लामाले जानकारी दिए । उनका अनुसार वार्षीक उत्सव कार्यक्रममा बृहत सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । अध्यक्ष लामाले भने ‘विद्यालयको वार्षीक कार्यक्रमले विद्यालयमा भईरहेका गतिविधिको जानकारी साथै विद्यालयबाट पास आउट भएर विभिन्न क्षेत्रमा आवद्ध भूतपुर्व विद्यार्थीहरुको जमघट गराउने थलोको रुपमा समेत महत्वपूर्ण भूमिका खेल्ने छ । म समग्र विद्यालयसँग जोडिएका विद्यार्थी,अभिभावक सबैलाई विद्यालयको वार्षीक उत्सवमा भव्य रुपमा उपस्थित रहनुहुन सबैमा अनुरोध गर्दछु ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु,पूर्व प्रधानाध्यापक लगाएतलाई सम्मान गरिने छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा शंखरापूर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ रहने विद्यालयले जनाएको छ ।

त्यस्तै वार्षीक उत्सव कार्यक्रममा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ । कार्यक्रममा कमेडी च्यापीएनका फ्रष्ट रनर अप चर्चीत हास्य कलाकार खड्गबहादुर पुन( खबपु),गायक भिमसेन खतिवडा, गायिका राधिका ढकाल लगाएत  स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति प्रस्तुती रहने छ । साथै चियापान कार्यक्रम  समेत राखिएको छ ।

वार्षीक उत्सव कार्यक्रम विद्यालयको प्रांगणमा विहान ११ बजेबाट संचालन हुनेछ ।