आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बुढानिलकण्ठ ११ जगडोलमा बन्ने यज्ञपार्कको नगरप्रमुख उद्दब खरेलद्वारा शिलान्यास

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार १३:३७ मा प्रकाशित (३ साल अघि) १११७ पाठक संख्या

काठमाडौँ, फागुन १२ । बुढानिलकण्ठ नगरपालिका ११  जगडोलमा  रावणले यज्ञ गर्दै गरेको ४० फिट अग्लो  मुर्ति सहितको  पार्क निर्माण हुने भएको  छ ।बुढानिलकण्ठ   नगरपालिकाको सहयोगमा  यज्ञडोल जगडोल युवा क्लबको संयोजनमा निर्माण हुन लागेको उक्त पार्कको मंगलबार नगरपालिका का प्रमुख उद्दब खरेलले एकार्कयक्रमका बीच भुमिपुजन सहित शिलान्यास गरेका हुन ।

 सार्वजनिक जग्गा  संरक्षण गर्ने तथा आफ्नो गाऊको धार्मिक तथा साँस्कृतिक ईतिहास जोगाउने उदेश्यका साथ रावणले यज्ञ गर्दै गरेको मुर्ति सहितको यज्ञपार्क निर्माण गर्न लागेको यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संन्जय पौडेलले जानकारी गराए  । उनका अनुसार अहिले गाऊमा सार्वजनिक काम गर्न आवस्यक पर्ने सामान्य खर्चका लागि समेत स्थानिय वडा र नगर पालिकासँग पटक पटक  अनुरोध गरिरहनु  पर्ने बाध्यता छ । पार्क निर्माण भए संगै आर्थिक आय-आर्जनको लागि र सुन्दर जगडोलमा व्यापारिक प्रयोजनको लागि जथाभाबी निर्माण गरी संचालन गर्दै आएका छाप्रा , टहरा क्रमैसँग व्यवस्थित गरिने भएको छ । ति छाप्रा टहरा सटरमा स्थानान्तरण गरि पार्क व्यवस्थित गरिने  उनले बताए  ।

 बुढानिलकण्ठ नगरपालिकाको  आर्थिक वर्ष २०७७\७८ अन्तर्गत स्वीकृत नगर स्तरीय योजना मार्फत बुढानिलकण्ठ नगरपालिको वडा ११ जगडोलस्थित जगडोल झण्डा पार्क , यज्ञपार्क सटर तथा गेट निर्माण,सटर कोठा बनाउने,गेट बनाउने,कम्पाउण्ड बनाउन कुल अनुमानित लागत ५०लाख १सय ६रुपैया ७४ पैसा मध्ये नगरपालिका बाट यज्ञ पार्क निर्माणको लागि प्रारम्भमा ४८ लाख ७५ हजार छुट्याएको छ भने र जन श्रमदान बाट बेहोर्ने गरी १ लाख २५ हजार १ सय ६रुपैया ७४ पैसा रहेको  कार्यक्रममा जानकारी गराइएको थियो   ।

यज्ञडोल जगडोल उपभोक्ता समिति मार्फत हुन लागेको  सो कामको  २०७७ साल माघ २२गते योजना सम्झौता भएको र  २०७७ साल चैत्र २५ गते भित्र  निर्समाण सकिने जानकारी गराइएको थियो । प्र्यटकीय दृष्टिकोणले रमणीय स्थान  जगडोलको  पहिचान जोगाउन जगडोलमा रहेका सम्पुर्ण संघ(संस्थाहरुलाई समेटी पार्क निर्माण आयोजना कार्यान्वयन कार्यदल समिती समेत गठन गरि सुरु गरिएको योजनाको पारदर्शी ढंगबाट कार्य गर्न वडा अध्यक्ष राजु अधिकारीले कार्यक्रममा सुझाव दिएका  थिए ।

यज्ञ पार्क कुल ६ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिने क्लबका उपाध्यक्ष कपिल पौडेलले जानकारी गराए  । परापुर्ब कालमा रावणले यज्ञ गरेर थुप्रिएको चरुबाट निर्माण भएको मान्यता रहदै आएको यज्ञडोल पछी अप्रभम्स भई  जगडोलको नामले प्रचलित भएको जन विश्वास रहेको  छ ।

फोटो सौजन्य: विश्व न्युज