आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

कागेश्वरी मनोहरा ६ आर्याल गाउमा नव निर्मित प्रहरी भवन उद्घाटन

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार १३:१९ मा प्रकाशित (३ साल अघि) ८२९ पाठक संख्या

काठमाडौं ,फागुन १२ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ आर्याल गाउमा नव निर्मित प्रहरी बिट  भवनको उद्घाटन गरिएको छ। महानगरीय प्रहरी  बिट अर्यालगाउको कागेश्वरी मनोहरा नगरपालिका ,गोकर्णेश्वर नगरपालिका  महानगरीय प्रहरी वृत् बौद् ,बिभिन्न संघ संस्थाहरु तथा स्थानीय समुदायहरुको बिशेष सहयोगमा नवनिर्मित उक्त भवनको आज एक कार्यक्रमका बीच  प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले उदघाटन गरेका हुन्।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा, गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, पुर्व अतिरिक्त  महानिरीक्षक कमल सिंह बम, प्रहरी  उपरीक्षक  रमेश बस्नेत, महानगरीय प्रहरी वृत्त बौद्धका कार्यालय प्रमुख प्रहरी नायब नायब उपरीक्षक नबिन कार्की महानगरीय  ट्राफिक प्रहरी वृत्त बौद्ध  कार्यालय प्रमुख  नबिन अधिकारीकागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, वडा सदस्य बिन्दा सापकोटा, लगायत  भवन निर्माण समितिका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६का वडा अध्यक्ष प्रकाश फुयाल, गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, कागेश्वरी मनोहरा  नगरपालिका  प्रमुख कृष्णहरि थापा लगायतले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा लिइ जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन नवनिर्मित बिटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने  बिश्वास ब्यक्त गरेका थिए  ।

 

भवन उद्घाटन कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै  प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारले लागूऔषध, गुण्डागर्दी, ठगी, चोरी, अवैध घरेलु मदिरा नियन्त्रण  जस्ता समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गरी सुशासन कायम गर्न प्रहरी र स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताएका थिए ।

 

बढ्दो शहरीकरण र त्यसबाट आउनसक्ने सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै प्रहरी बिट स्थापना गरिएको बताउदै बीट स्थापनाले प्रहरी सबैतिर छरिएर सतर्करुपमा रहने भएपछि गलत गतिविधिमाथि निगरानी बढ्ने र शान्ति, सुरक्षा कायम हुने विश्वास  ब्यक्त गरेका थिए । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको  थियो  ।

त्यसैगरि भवन निर्माण समितिका अध्यक्ष अध्यक्ष घन श्याम गौतम कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापा र गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपालले संयुक्त रुपमा नव निर्मित भवनको साँचो  प्रहरी नायब महानिरीक्षक उमेश रंजितकारलाइ हस्तान्तरण गरेका थिए ।