आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रधानमन्त्रीले बोलाए स्थायी कमिटी बैठक

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार ०८:४८ मा प्रकाशित (३ साल अघि) ६३८ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।
ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्यहरु छन् ।