आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

संसद पुनर्स्थापनापछि नेतृ झाँक्रीको प्रतिक्रिया- ‘जनताको जित भयो’

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार २२:४७ मा प्रकाशित (३ साल अघि) ३९७ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् ।

संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’

संसद विघटन विरुद्धको रिटमा निवेदक समेत रहेकी नेतृ झाँक्रीले आफ्नो पक्षमा बहस पैरवी गर्ने कानुन व्यावसायीलाई धन्यवाद समेत दिएकी छन् ।

‘प्रधानन्यायाधीश सहित माननीय न्यायाधीशज्यूहरू प्रति हार्दिक धन्यवाद,’ झाँक्रीले भनेकी छन्, ‘हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ठ कानुन व्यावसायी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।’