आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

१३ दिनभित्रै संसद् बैठक बोलाउन सर्वोच्च अदालतकाे आदेश

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १९:०० मा प्रकाशित (३ साल अघि) ४४१ पाठक संख्या

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेसँगै १३ दिनभित्रै संसद् बैठक बोलाउनसमेत आदेश गरेको छ । सर्वोच्चले १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीलाई निर्देशनात्मक आदेश पनि दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको थियाे।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।