आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमित थपिए, ४ को मृत्यु

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १७:०१ मा प्रकाशित (३ साल अघि) ४८१ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३३  रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ६८ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६५ रहेको छ ।