आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

भरेभोली नै संसद पुनर्स्थापनाको पक्षमा फैसला आउँछ : प्रचण्ड

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १६:५२ मा प्रकाशित (३ साल अघि) ३६१ पाठक संख्या

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

२० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले भरेभोलि नै फैसला आउने बताए । ‘संवैधानिक निकायहरुले संविधानको मर्म र भावना अनुसार काम गर्नेछन् भन्ने विश्वास छ’ उनले अघि भने, ‘अब कुनै पनि बेला संविधान मिच्ने, संविधान र संसदलाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम सच्चिन्छ । संसद पुनर्स्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।’

उनले संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजाने समेत बताए । आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा संविधान संशोधन प्रस्ताव लगेको स्मरण गर्दै प्रचण्डले भने, ‘भोलि पनि त्यसलाई परिमार्जित गर्दै लैजान सकिन्छ ।’