आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वर ३ सुन्ताखानमा शिक्षक राजेन्द्र बिष्ट सम्मानित

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार १०:४२ मा प्रकाशित (३ साल अघि) ५१३ पाठक संख्या

काठमाडौं फागुन ११। गोकर्णेश्वर नगरपालिका वडा नं ३  सुन्ताखानमा  श्री सुन्ताखान माध्यमिक बिध्यालयका शिक्षक राजेन्द्र बिष्ट उत्कृष्ट शिक्षकको रुपमा सम्मानित भएका छन ।

वि स २००८ सालमा स्थापित उक्त बिध्यालयको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा शिक्षक राजेन्द्र बिष्टलाइ बिध्यालयको समग्र उत्थानमा निर्वाह गरेको अतुलनीय भूमिकाको उच्च प्रसंशा गर्दै आगामी दिनमा समेत उत्तिकै उत्त्साहका साथ् कार्य सम्पादनको अपेक्षा सहित शैक्षिक सत्र २०७३ को उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मान बाट  बिष्टलाई सम्मान गरिएको हो ।

बिष्टलाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे , जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब  भण्डारी  बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्दब बिष्ट तथा बिद्यालय का प्रधानाध्यापक झलक प्रसाद खनालले संयुक्त रुपमा  सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा विघठित प्रतिनिधि सभा सदस्य कृष्ण राइको पनि उपस्थिति रहेको थियो।  २०२३ साल पौष १९ गते सुन्ताखानमा जन्मिएका शिक्षक राजेन्द्र बिष्टले २०५६ साल देखि श्री सुन्ताखान माध्यमिक बिध्यालयमा अध्यापन गराउदै आएका छन।  त्यसै गरि सोहि कार्यक्रममा भूतपूर्व बिध्यालयका प्रधानाध्यापक धुर्ब प्रसाद भण्डारीलाइ समेत सम्मान गरिएको थियो।