आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कांग्रेस प्रवक्ता भन्छन्, ‘नेपालको राजनीति बदलिनुपर्छ’

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार ०८:०४ मा प्रकाशित (३ साल अघि) ३४६ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा विद्यार्थीहरूमाझ भएको एक कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताउनुभएको हो ।

‘देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकोले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरूको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्न आवश्यक छ’, प्रवक्ता शर्माले भन्नुभयो ।

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरूको झण्डा भन्दा बलियो बन्नुपर्ने बताउनुभयो ।

आजका युगका विद्यार्थीहरूले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होइन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहना राख्नुपर्ने बताउनुभयो ।