आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार ०७:३२ मा प्रकाशित (३ साल अघि) ४४१ पाठक संख्या

गौतम बुद्ध कुनै एउटा गाउँको बाटो हुँदै यात्रा गरिरहेका थिए । बाटोमा उनका शिष्य आनन्दलाई प्यास लाग्यो । उनी कुवाको नजिक पुगे र पानी भरिरहेकी युवतीसँग पानी मागे ।
युवतीले भनिन्— ‘म अछूत हुँ, त्यसैले भिक्षुलाई पानी दिन सक्दिनँ ।’
आनन्दले उत्तर दिए— मैले पानी दिनका लागि भनेको हुँ, जात सोधेको होइन । भगवान् बुद्धले सबैलाई मानव सम्झेर सोधेको होइन । भगवान् बुद्धले सबैलाई मानव सम्झेर जातिको भेदभावबाट माथि उठ भनेर हामीलाई शिक्षा दिनुभएको छ ।’
आनन्दका कुराबाट युवती प्रभावित भइन् र भगवान् बुद्धको शिष्य बनिन् ।
साभार ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट