आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोनाकैबीच ब्राजिलमा अर्को भयानक महामारीको खतरा, वर्षमा ३० हजारको ज्यान जानसक्छ

गोकर्णेश्वर खबर११ फाल्गुन २०७७, मंगलवार ०७:०५ मा प्रकाशित (३ साल अघि) ५१८ पाठक संख्या

एजेन्सी । कोरोना भाइरस संक्रमणको महामारीका कारण विश्वमै सबैभन्दा धेरै मृत्यु भएको मुलुक अमेरिका हो । यसपछि दोस्रो अवस्थामा आउँछ, ब्राजिल । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना संक्रमणको खतरा मात्रै हैन, यहाँ अर्काे एक भयानक रोगको पनि खतरा कायमै छ । त्यो हो, एल्लो फिभर अर्थात जण्डिस ।
ब्राजिलमा हरेक बर्ष दुई लाख मानिसहरु जण्डिसबाट विरामी हुन्छन । ती मध्ये ३० हजार मानिसको मृत्यु हुनेगर्छ । यस्तो अवस्थामा कोरोना संक्रमणको महामारीकैबीच जण्डिसको प्रकोप फैलिने प्रवल सम्भावनाले वैज्ञानिकहरुलाई चिन्तित बनाएको छ । जण्डिस मानिसहरुमा बाँदरबाट सर्छ । यो रोगलाई फैलाउने मुख्य माध्यम हो, लामखुट्टे । अर्थात जण्डिस संक्रमित बाँदरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि सर्छ ।
जण्डिस रोगले शुरुमा कडा ज्वरो आउँछ । अधिक टाउको दुख्छ । केही मानिसमा रोगको अवस्था हेपाटाटिसमा पनि परिणत हुन्छ । अत्याधिक गंभीर अवस्थामा विरामीको शरीर भित्र रक्तश्राव हुन्छ र कलेजो फेल हुन्छ । त्यसपछि मृत्यु निश्चित हुन्छ । यही कारण ब्राजिलमा हरेक बर्ष जण्डिसविरुद्धको खोप लगाइन्छ । यदी यसो गरिएन भने जण्डिस रोगले कोरोना महामारीको भन्दा उग्र रुप लिने विशेषज्ञहरुले बताउँदै आएका छन । अर्थात जण्डिसविरुद्धको खोप नलगाउने हो भने एक बर्षमै कुल जनसंख्याको १५ प्रतिशत मानिसको मृत्यु हुने निश्चित छ ।
यही विकराल अवस्थालाई मध्यनजर गर्दै अहिले ब्राजिल र विश्वभरका वैज्ञानिकहरु जण्डिसको सम्भावित महामारीलाई रोक्ने प्रयत्नमा जुटिरहेका छन । सन २०१६ मा जण्डिसको अधिक केस देखिएको थियो । त्यसबेला ४ करोड ब्रजिलियन नागरिकहरुमा जण्डिस संक्रमणको खतरा देखिएको थियो । त्यसबेला यसविरुद्धको खोप थिएन ।
सन २०१७ मा ब्राजिल भरि नै जण्डिस रोग फैलियो । विगत ८० बर्षको अवधिमा यो भयानक महामारीको अवस्था थियो । त्यसबेला ३ हजार मानिसहरु जण्डिस रोगबाट संक्रमित भएका थिए । ती मध्ये ४ सय जनाको एकै महिना मृत्यु भएको थियो ।
स्टेट युनिभर्सिटी अफ नर्दन रियो डि जेनेरियोका कजरभेसन बायोलोजिस्ट कार्लोस रेमोन रुइज मिराण्डले बताए अनुसार यदी बाँदरहरुको संख्या धेरै छ र उनीहरु अधिक संख्याको समुहमा बस्छन भने जण्डिस संक्रमणको सम्भावना कैयौं गुणा बढी हुन्छ । यो रोगको संक्रमण धेरैजसो गोल्डेन लायन टेमेरियन प्रजातिका सुनौलो रंगका बाँदरहरुलाई हुनेगर्छ । तिनै बाँदरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि एल्लो फिभर अर्थात जण्डिस रोग फैलिन्छ ।
वैज्ञानिकहरु यो रोगको संक्रमण रोक्नका लागि रियो डि जेनेरियोदेखि ८० किलोमिटरको दुरीमा रहेको जंगलमा गोल्डेन लायन टेमेरियन बाँदरहरुको खोजी गरिरहेका छन । उनीहरुको एउटै उद्देश्य हो, बाँदरहरुलाई खोप लगाउने । डा. कार्लोस रेमोनले बताए अनुसार अहिले जण्डिसविरुद्धको शक्तिशाली खोप उपलब्ध छ ।
सन २०१८ मा ब्राजिलका स्वास्थ्य मन्त्रीले ८ करोड जनसंख्या मध्ये २ करोड १० लाख मानिसहरुलाई जण्डिसविरुद्धको खोप लगाउन आदेश दिएका थिए । प्रायजसो क्षेत्रमा ९५ प्रतिशत नागरिकहरुलाई खोप लगाइएको थियो । यद्यपी जण्डिस रोग संक्रमणको दरमा कमी आएन । अहिले पनि ब्राजिलका ५० प्रतिशत मानिसहरुमा यो रोगको संक्रमण कायमै छ ।
विश्वमा ७८० करोड मानिसहरुको बसोबास रहेको छ । जबकी गोल्डेन लायन टेमेरियन बाँदरको संख्या २ हजार ५ सय मात्रै छ । यती हुँदाहुँदै पनि यी बाँदरहरु जण्डिस संक्रमण महामारीको मुख्य कारण मानिएका छन । यही वास्तविकताका कारण ब्राजिल सरकारले गोल्डेन लायन टेमेरियन बाँदरहरुलाई खोजी खोजी जण्डिसविरुद्धको खोप दिइरहेको बिबिसीले जनाएको छ ।