आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

बिग बोसको १४ औं संस्करणको उपाधि रूबिनालाई ,पाइन् ३६ लाख भारू

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार २२:४४ मा प्रकाशित (३ साल अघि) ४९९ पाठक संख्या

मुम्बई – भारतीय रियालिटी सो बिग बोसको १४ औं संस्करणको उपाधि टेलिभिजन कलाकार रुबिना दिलैकले जितेकी छन्।

सोका सञ्चालकसमेत रहेका अभिनेता सलमान खानले आइतबार राति विजेताको नाम घोषणा गरेका हुन्।

विजेता घोषणा गर्नुअघि सलमानले सबै प्रतिष्पर्धीलाई १४ लाख भारू लिएर सो छोडेर जान सक्ने विकल्प दिएका थिए। उक्त निर्णय गर्न उनीहरूलाई ३० सेकेन्ड समय दिइएको थियो।

३३ वर्षकी दिलैक आफ्ना अभिनेता पति अभिनव शुक्लासँगै सोमा गत अक्टोबरमा सहभागी भएकी थिइन्। उनलाई दर्शकले धेरै मन पराएका थिए। यसअघि उनी छोटी बहु टिभी सोबाट चर्चामा आएकी थिइन्।

विजेता बनेसँगै दिलैकले ३६ लाख भारू पाएकी छन्।

राहुल वैद्य यो सिजनका फर्स्ट रनरअप बनेका छन्। उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि फर्स्ट रनर अप भएका थिए।

बिग बोसका सञ्चालक सलमानले आगामी आठ महिनाभित्र अर्को सिजनको बिग बोस ल्याएर आउने बताएका छन्।