आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

तेलुगू स्टार रवीको पारिश्रमिक १६ करोड

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार २२:२३ मा प्रकाशित (३ साल अघि) ४५० पाठक संख्या

मुम्बई– तेलुगू फिल्म ‘क्र्याक’को सफलता पछि तेलुगू स्टार रवी तेजाले आफ्नो पारिश्रमिक बढाएका छन् । एक्सन इन्टरटेनर यो फिल्मको सफलता पछि रवीले पारिश्रमिक १६ करोड पुर्‍याएका हुन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार फिल्म ‘क्र्याक’ले विश्वव्यापी रुपमा ६० करोड बढीको व्यापार गरेको थियो । यो फिल्मको ओभरसिज राइट २० करोडमा बिक्री भएको थियो । रवीको अभिनय करियरमा सर्वाधिक हिट फिल्ममा ‘क्र्याक’ पनि परेको छ ।

हालैमात्र निर्माता नाकिना त्रिनाधा राओले रवीसँग सहकार्य गरी ‘आरटी ६८’को घोषणा गर्ने तयारी गरिरहेका थिए । तर पारिश्रमिकमा रवी सहमत हुन नसकेपछि फिल्मको घोषणा हुन सकेको थिएन् ।

रवीले नयाँ फिल्मका लागि १६ करोड पारिश्रमिक मागेपछि निर्माताहरु हच्किएका थिए । तर ‘क्र्याक’को सफलता देखेपछि निर्माताहरु रवीलाई १६ करोड पारिश्रमिक दिन राजी भएका छन् । फिल्म ‘आरटी ६८’ रवीको करियरको ६८ औं फिल्म हो ।

फिल्ममा रवीले वकिलको भूमिकामा अभिनय गर्नेछन् । हाल रवी रमेश बर्माको फिल्म ‘खेलाडी’मा व्यस्त छन् ।