आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

रोमान्टिक मूडमा वर्षा र पुष्प

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार २१:३९ मा प्रकाशित (३ साल अघि) ३६३ पाठक संख्या

काठमाडौं – चलचित्र ‘मनसँग मन’को छायांकन सकिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार कालिञ्चोकका रमणिय स्थानमा चलचित्रमा समावेश एक गीतको सुटिङ गरेसँगै सम्पूर्ण छायांकन सकिएको हो ।

‘सही दिउँला तिम्रो लागि’ बोलको गीतको छायांकन कालिञ्चोकमा गरिएको हो । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रमा अरुण तामाङको लगानी छ ।गीतमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मुकेश उदासको शब्द, रोहन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर छ ।

अर्जुन जीसीको सम्पादन रहेको चलचिमा सन्तोष खवासको एक्सन छ । चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने बताइएको छ ।

यो चलचित्रमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ । कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन् ।