आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंग्यायो, पूर्वमाओवादीलाई ३५, पूर्वएमालेलाई ३३ (सूचीसहित)

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार १९:१८ मा प्रकाशित (३ साल अघि) ३४० पाठक संख्या

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ । ती जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
सहमतिअनुसार, पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ । प्रचण्ड–नेपाल समूहले हिजो मात्र संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागवण्डा मिलाउने ९ बुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।
प्रचण्ड–नेपाल समूहका सचिवालय एक सदस्यका अनुसार बाँकी रहेका जिल्लाको नेतृत्व चयनमा बराबरीको भागवण्डा मिलाइने छ ।