आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाद्वारा बि डिभिजनमा खेल खेल्ने नयाबस्ती युवा क्लबलाइ ट्रयाक सुट तथा अफिसियल जर्सी प्रदान

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार १७:५९ मा प्रकाशित (३ साल अघि) ५१८ पाठक संख्या

काठमाडौं, फागुन १० । अखिल नेपाल फुटबल संघ द्वारा आयोजित बि डिभिजन फुटबलमा सहभागिता जनाएको नयाबस्ती युवा क्लबका खेलाडीहरुको लागि गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले संयुक्त रुपमा ट्रयाक सुट  तथा अफिसियल जर्सी  प्रदान गरिएको  छ ।

फागुन ११ गते बाट  शुरु हुने अखिल नेपाल फुटबल संघ द्वारा आयोजित बि डिभिजन फुटबल खेलको पहिलो खेल नयाँबस्ती युवा क्लबले मध्यपुर ठिमी संग पहिलो खेल खेल्दैछ । जर्सी प्रदान गर्दै जनप्रतिनिधिहरुले खेलाडीहरुलाई जितको शुभकामना दिएका थिए ।  बि डिभिजनमा पहिलो खेल खेल्ने नयाबस्ती युवा क्लबलाइ गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग समेत गरेको छ ।