आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

समुदायको विकास भए स्थानीय सरकार सफल हुन्छ : वडा अध्यक्ष रमेश अर्याल

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार ०९:१० मा प्रकाशित (३ साल अघि) ६४८ पाठक संख्या

९ माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्यालले समुदायको विकास भए स्थानीय सरकार सफल हुने बताएका छन् । शनिबार गोकर्णेश्वर वडा नं. ६ नयाँबस्ती, रामजानकी टोलमा रहेको हाम्रो गुठीको २१ औं साधारण सभालाई सम्बोधन गर्नु हुँदै अर्यालले सो कुरा बताउनु भयो । देश संघीयतामा गई निर्वाचित स्थानीय सरकार बनेपछि वडा नं. ६ ले स्थानीय क्षेत्रको विकासमा धेरै काम गरेको बताउनु हँदै अर्यालले सामाजिक विकासमा सहयोग गरिरहेका संघसंस्थासँग बलियो सहकार्य गरिरहेकोमा जोड दिनु हुँदै हाम्रो गुठिसँग पनि सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

साधारण सभालाई पूर्व अध्यक्ष देविन्द्र बहादुर खत्री, पूर्व अध्यक्ष गणेश बहादुर कार्की, सल्लाहकार समिति सदस्य तथा समाजसेवी पेमा छिरि शेर्पा, कमला उप्रेती, समाजसेवी यन प्रसाद अधिकारी (राजु), कार्यवाहक अध्यक्ष लेखकुमारी पुडासैनीले सम्बोधन गर्नु भएको थियो ।

 

साधारण सभाले सचिव चन्द्र प्रसाद गिरी र कोषाध्यक्ष मान बहादुर लामाको प्रतिवेदन पास गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । संस्थापक अध्यक्ष गणेश बहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । उपाध्यक्ष कविता खरेल, सचिव धु्रव बहादुर कार्की, कोषाध्यक्ष कृष्ण प्रसाद पौडेल, सह सचिव सुर्य बहादुर अधिकारी तथा सदस्यहरुमा राधा पाण्डे, उमा के.सी., जय बहादुर कार्की, श्याम बहादुर कार्की, मोहन बहादुर कार्की, भवानी शंकर सुवेदी रहनु भएको छ ।