आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वर ९ आरुबारीका बाल गायक विनम्र सुवेदीको सुमधुर आवाजमा म्यूजिक भिडियो सार्वजनिक

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार ०७:३२ मा प्रकाशित (३ साल अघि) ९३२ पाठक संख्या

फागुन १०, काठमाडौं । ‘हेर्ने आँखा सुन्दर भए त संसारै बन्छ उज्यालो, मनमै अँध्यारो छ भने त बाहिर कहाँ बल्छ दियालो’ बोलको गीतमा सुमधुर स्वर दिएका छन् गोकर्णेश्वर ९ स्थित आरुबारी निवासी विनम्र सुवेदीले ।

काठमाडौं स्थित एलिट ग्रयाण्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत १० वर्षे बाल गायक विनम्र सुवेदीले सुमधुर गायनमार्फत दर्शकश्रोताको मन जित्न सफल भईरहेका छन् । विनम्रको गायनमा हालै सार्वजनिक ‘हेर्ने आंखा’ बोलको गीतलाई दर्शक स्रोताले धेरै रुचाएका छन् ।

विनम्रकै आधिकारिक युट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सानैदेखि विद्यालयका गतिविधिमा गीत प्रस्तुत गर्दै आएका विनम्र भविष्यमा गायनलाई निरन्तरता दिने सोच रहेको बताउँछन् । विनम्रले आफ्नो स्वर धेरैले रुचाएको भन्दै दर्शक–श्रोता र परिवारप्रति आभार व्यक्त गरेका छन् ।

डिपी खनालको शब्द, सुवास जोशीको संगीत, अकेस्टिक गीतारमा सुवास जोशी, बाँसुरी रत्न बिके र तबलामा जगन्नाथ धौगडाको साथमा गीत सुमधुर रहेको छ । ‘हेर्ने आँखा’ बोलको गीत बालबालिका लगायत सबैलाई प्रेरणा दिने शब्द संयोजनले भरिएको छ ।

भिडियो हेर्नुहोस् ।