आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

मेस्सीको गोलमा बार्सिलोनाको बराबरी

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार ०७:१४ मा प्रकाशित (३ साल अघि) ४२० पाठक संख्या

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमै काडिजसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

३२औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ । बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ ।

काडिज २५ अंक जोडेर १४औँ स्थानमा रहेको छ ।