आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

महिलाहरु कण्डम लगाएर शहवास गर्न नमान्नुका ४ कारण

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार २२:५६ मा प्रकाशित (३ साल अघि) ९६३ पाठक संख्या

एजेन्सी – शारिरीक सुखभोग एउटा यस्तो कुरा जुन सबैलाई आवश्यक हुन्छ तर कोही यसबारे कुरा गर्न आवश्यक ठान्दैनन् । आजको दिनमा यसका बारेमा समाजमा गलत धारणा विकास हुँदै गएको कारण यसको सकरात्मक भन्दा नकरात्मक असर धेरै देखा पर्दै गएको छ । पछिल्लो समय नेपालमा विवाह भन्दा पहिले हुने सम्बन्धलाई सामान्य रुपमा लिने गरिएको छ । यी सम्बन्धहरु सुरक्षित हुनुपर्छ भन्ने जानकारी भए पनि यसबारे धेरै जना व्यवहारिक भएको पाइदैन ।

असुरक्षित यौन सम्बन्धले धेरै खालका प्रभाव पार्न सक्दछ । नचाहेको अवस्थामा पनि बच्चा बस्ने देखि विभिन्न रोगहरु सर्ने सम्मका समस्याहरु हुन सक्छन् । यसको निवारणका लागि धेरै उपायहरु पनि बजारमा आएका छन् । अहिले सर्वाधिक चर्चामा रहेको साधन कण्डम हो । यसको प्रयोगले आरामदायक शारिरीक सुखभोगमा लैजान सकिन्छ । तर पछिल्लो एक अध्यनले महिलाहरु कण्डम लगाएर गरेको भन्दा विना कण्डम गरिने सम्बन्धलाई विशेष महत्व दिने गर्छन । यसका केही कारणहरु पनि रहेका छन् । आज हामी यस बारेमा चर्चा गर्न गइरहेका छौं ।

चरम सुःखको कमी ः केही युवतीहरुका अनुसार कण्डम लगाएर शारिरीक सुखभोग गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई कण्डम लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

बासना ः केही युवतीहरुले कण्डमको बासनालाई लिएर आफ्नो साथिसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई कण्डमको बासना मनपर्दैन ।

एलर्जी ः धेरैजसो महिलाहरुका अनुसार कण्डम प्रयोग गरेर शारिरीक सुखभोग गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु कण्डमका कारण तल्लो पेट पोल्ने गरेको बताउने गर्छन् ।

फुट्ने डर ः शारिरीक सुखभोगको समयमा महिलाहरुलाई कण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो शारिरीक सुखभोगको आनन्द लिन सक्दैनन् ।

अन्त्यमा जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित शारिरीक सुखभोग गर्नुपर्छ । विभिन्न समस्या एवं रोगहरुबाट संक्रमण हुनुभन्दा सुरक्षित आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।