आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कोरोना खोप अब शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार २०:२९ मा प्रकाशित (३ साल अघि) २९७ पाठक संख्या

काठमाडौं – शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् ।

नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र काठमाडौं आइपुगेको छ ।

त्यसको अघिल्लो दिन शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीलाई पहिलो चरणमै खोप दिने निर्णय गरेको हो । उनीहरुले ९ र १० फागुनमा खोप पाउनेछन् ।

यस्तै महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् । मन्त्रालयले २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ ।

भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले १४ माघदेखि कोरोना खोप अभियान सुरु गरेको थियो । चीनले पनि ५ लाख डोज दिने घोषणा गरेको छ । यद्यपि त्यो खोप आइसकेको छैन ।