आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी भट्टराईको मृत्यु

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार २०:१० मा प्रकाशित (३ साल अघि) २६४ पाठक संख्या

टेक्सास– अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई मृत फेला परेका छन् । उनी कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् ।
पोस्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न सकेको छैन । रिपोर्ट आएपछि उनको शव नेपाल पठाउने तयारी गरिएको छ ।
उनको दाहसंस्कारका लागि झापाली सोसाइटी टेक्सासका तर्फबाट आर्थिक संकलन अभियान शुरू गरिएको छ ।
५ वर्षअघि अमेरिका गएका झापा बुधबारेका भट्टराई कम्प्युटर साइन्सका विद्यार्थी थिए । उनी अध्ययनसँगै काम पनि गरिरहेका थिए । टेक्सासमा नेपाली विद्यार्थीहरुको बाक्लो बसोबास छ ।