आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार १७:०९ मा प्रकाशित (३ साल अघि) ५०१ पाठक संख्या

९ फागुन, काठमाडौं । काठमाडौंको नैकापबाट नेपाल प्रहरीले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेकपा प्रचण्ड–माधव समूहका ६ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।आइतबार प्रधानमन्त्री ओली दहचोक महोत्सव उद्घाटन गर्न सोही बाटो हुँदै जाने तयारी थियो ।
कालोझण्डा देखाउने तयारीमा बसेका नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताहरु दाताराम पनेरु, बिमल लम्साल, विनोद भट्ट, उत्सव भट्ट र प्रितम भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई कालीमाटी वृत्तमा राखिएको छ । संसद विघटन पछि नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री र मन्त्रीहरुलाई कालोझण्डा देखाउने गरेका छन् ।