आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार १०:४९ मा प्रकाशित (३ साल अघि) १३६६ पाठक संख्या

काठमाडौं, फागुन ९ । चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको प्रथम साधारण  सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आथित्यमा समपन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे,चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार भण्डारी,चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्व अध्यक्ष गोपाल बराल लगायत पुर्व बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमलाइ प्रमुख अथितिको रुपमा  सम्बोधन गर्दै  पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका थिए । बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा  राख्दै  शैक्षिक संघ संस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने  औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताएका  थिए  ।समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उनले अरुलाई सेवा गरे बापत् प्राप्त हुने आनन्द सबैभन्दा महत्वपूर्ण भएको धारणा राखेका थिए  ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताए नगरपालिकाका शैक्षिक संस्थाहरूलाई आगामी दिनमा अझ सशक्त बनाइने उनले बताए । चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष कुमार राज सुवेदीले संस्कार सहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराए ।

कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक कुमार भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्व अध्यक्ष गोपाल बराल लगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गरेका थिए । सोही अवसरमा पूर्व सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले चामुण्डाका पूर्व विद्यार्थी समेत रहेका  समता स्कुलका संचालक उत्तम सञ्जेललाई सम्मान गरिएको थियो  ।

विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहेका   कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो  । यसैबीच मञ्चको शनिवारै सम्पन्न पहिलो साधारण सभाले कुमार राज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । मञ्चको उपाध्यक्षद्धयमा क्रमशः रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहेका छन् ।सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहेका छन् । सदस्यहरूमा डाक्टर सोमबहादुर धिमाल, डाक्टर राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन भएका छन ।