आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

प्रथम अन्तर लायन्स म्याराथन प्रतियोगिताको उपाधि लायन प्रथम भट्टराई र अमृता केसीले जिते

गोकर्णेश्वर खबर९ फाल्गुन २०७७, आईतवार १०:१६ मा प्रकाशित (३ साल अघि) ५१८ पाठक संख्या

काठमाडौं, फागुन ९ ।  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १को आयोजनामा प्रथम अन्तर लायन्स म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार गोकर्ण जगडोलको राष्ट्रिय सहिद तथा शान्ति पार्कमा  लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए१ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं सिम्रिकको संयोजकत्वमा भएको उक्त म्याराथन कार्यक्रममा ४५ वटा भन्दा बढी लायन्स क्लबको सहयोग रहेको थियो।

बूढानिलकण्ठ झोरस्थित अनाथालय children and youth mobilization academy को सहयोगार्थ गरिएको सो  म्याराथन प्रतियोगितामा पुरुष र महिला गरी एक सय ३० प्रतियोगीहरू सहभागी भएका थिए। कार्यक्रमको पुर्व डिस्ट्रिक गभर्नर एबम हालका GST मल्टिपल कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल , डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर तथा मल्टिपल हङर रिलिफ चियरपर्सन  लायन कुमारराज सुवेदी सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन  कर्म गुरुङ लगायतले संयुक्त रुपमा रिबन काटी म्याराथनको उद्घाटन गरेका थिए।

करिब २.५ किलोमिटरको उक्त प्रतियोगितामा पुरुषतर्फ प्रथम भट्टराई प्रथम, धर्म शरण श्रेष्ठ दितीय  र पुरुशोत्तम खरेल तृतीय भएका थिए । यस्तै, महिलातर्फ अमृता केसी प्रथम, सपना चौधरी दितीय  र सुष्मा  पाण्डे तृतीय भएका थिए ।

विजयी प्रतियोगीहरूलाई लायन्स लिडरहरूले शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रमलाइ सहयोग गर्ने क्लब तथा ब्यक्तिहरुको साथै प्रतियोगितामा  उत्कृष्ट दश  सम्मका प्रतियोगीहरुलाई समेत मेडल प्रमाण पत्र द्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले क्लबहरु समाज सेवा र रचनात्मक कार्यमा लागीरहेको बताउदै समाज परिवर्तनका लागि अझै अगाडि बढ्नु पर्ने बताउदै लायन्स क्लबहरु सदस्यहरुका बीच  म्याराथन हुनु समग्र  लायन्स सदस्यहरुका लागि गौरबको विषय भएको बताएका थिए  । प्रतियोगितालाई,मनास्लु वल्र्ड कलेज,कान्ति भैरव सेभिङ एण्ड कोअपरेटिभ,सीजी फूड्स संकटा वाइन एण्ड वेभरेज प्राली,कान्ति भैरवी सप्लायर्स,ओम गृह निमार्ण तथा मामाघर होम स्टे लगायतले सौजन्य गरेका थिए ।